डोटीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते

चैत ८, डोटी
डोटीमा ट्याक्टर दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बिहिवार दिउँसो १ बजेतिर दिपायल बाट झिंगाबस्ती तर्फ गइरहेको लु २ त ९७६४ नम्बरको ट्याक्टर दिपायल बोगटान सडक खण्डको केआइसिंह ४ बास्कोटमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ट्याक्टर दुर्घटना हुँदा दिपायल बोगटान सडक खण्डमा काम गर्ने तीन जना मजदुर घाइते भएका छन् । घाइते हुनेमा टिकापुर नगरपालिका-६ कैलाली का १७ वर्षीय राहुल चौधरी, २२ वर्षीय पर्शु चौधरी र कैलालीकै भजनी नगरपालिका-८ ३० वर्षीय दुर्जन चौधरी रहेका छन् ।
Sayalb
घाइते मध्ये राहुल र पर्शुको अवस्था सामान्य रहेको छ भने दुर्जनको अवस्था मध्यम रहेको छ । घाइते राहुल र पर्शु सुजङ्ग अस्पताल राजपुरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् भने दुर्जनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ ।
ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका-१२ का ४० वर्षीय बालकृष्ण चौधरी फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । ट्रली सडकमै पल्टिँदा दुर्घटना भएको ट्याक्टरमा ६ जना सवार थिए ।
Shaileshwori
Loading...