

भूकम्प प्रभावित स्थानीयलाई स्वच्छ खानेपानिका लागि सहजता होस् भन्ने उद्देश्यले बाजुरा जिल्लाका दुई वटा स्थानीयतह गौमुल र हिमाली गाउँपालिका तथा डोटीको पूर्वीचौकी गाउँपालिकामा गरेर १ हजार १५० घुर धुरीमा १ करोड ७ लाख ७७ हजार ८०० रकम बराबरको फिल्टरहरू हस्तान्तरण गरिएका छन् ।
वाइन टु वाटर नामक अन्तर्राष्ट्रिय गैर सकारी संस्थाको सहयोगमा मानव संसाधन केन्द्रले डोटी र बाजुरा जिल्लाका भूकम्प प्रभावित घरपरिवारमा वितरण कार्यका लागि स्थानीय तहलाई फिल्टर हस्तान्तरण गरेको हो । मानव संसाधन केन्द्र बाजुराका कार्यकारी निर्देशक रमेश सुनारका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका र बाजुरा जिल्लाको हिमाली र गौमाल गाउँपालिकालाई फिल्टरहरू हस्तान्तरण गरिएका छन् । गाउँपालिकाले छनौट गरेका भूकम्प प्रभावित घरपरिवारलाई वितरण गर्ने छ । निर्देशक रमेश सुनारले भन्नुभयो,‘फिल्टर ढुवानी व्यवस्थापन रोटरी क्लब डिष्ट्रक ३२९२ र मानव संसाधन केन्द्र बाजुराले गरेको हो । त्यसै गरी स्थानीय तहहरूका तर्फबाट ३ लाख २७ हजार ७५० बार बरको बाल्टिन खरिद कार्य भएको छ ।’
फिल्टर पश्चात् भूकम्प प्रभावित घरपरिवारले स्वच्छ र खाने पानीका लागि सहजता हुने बताइएको छ ।
