दारी ग्याङ डोटीका सदस्य जोशी र साउँदले गरे रक्तदान


टेक विवश साउद
असोज, १८ डोटी
दारी ग्याङ डोटिका सदस्य डम्बर जोसि र रमेश बहादुर साउँदले रक्तदान गरेका छन । आइतबार जिल्ला अस्पताल डोटीको आकस्मिक कक्षमा भर्ना भएकी पुर्बीचौकी गाउँपालिका वडा नम्बर २ की ७३ वर्षीया बिर्मा ठकुल्लाको शरीरमा हेमोग्लोविनको मात्रा कम भएपछि ठकुल्लालाई ग्याङका सदस्य जोसिले र साउँदले रक्तदान गरेका हुन ।
हिड्न बस्न समेत सकस भएपछि उनलाई उपचारको लागि गाउँबाट जिल्ला अस्पताल डोटिमा ल्याईएको थियो । अस्पतालमा भर्ना भएकी ठकुल्लाको चेकजाँच गर्दा हेमोग्लोविनको मात्रा एकदमै कम २.६ रहेको थियो । रगत कम भएपछि डाक्टरको सल्लाह अनुसार उनलाई कम्तिमा ४ पिन्ट रगतको आवश्यकता रहेको थियो । उनका आफन्तले ग्याङका सदस्य निरज बोगटिसंग सम्पर्क राखेपछि ग्याङका सदस्य तथा दिपायल सिलगढी नगरपालिकाका ईन्जिनियर जोशि र राष्ट्रिय बाणिज्य बैंक डोटी साखामा कार्यरत साउँदले १/१ पिन्ट रगत अस्पतालमै पुगेर उपलब्ध गराएको अस्पतालका डाक्टर प्रमोद भट्टले जानकारी दिनुभयो ।
आफ्नो थोरै रगतले गर्दा कसैको ज्यान जोगाउन पाउदा आफुलाई गर्व अनुभुती भएको रत्तदाताहरु जोशि र साउँदले बताए । सामाजिक सञ्जालबाट देशका बिभिन्न जिल्लामा विस्तार भई गठन भएको दारी ग्याङ डोटीले यस भन्दा अगाडि पनि रक्तदान तथा अन्य बिभिन्न सामाजिक कार्य निस्वार्थ रुपमा गर्दै आएको छ ।
