शिक्षामा सुधार गर्ने बोगटानको कदम : विद्यालय समायोजन देखी स्वयंसेवक शिक्षक भर्नासम्मको तयारी 

बोगटान फुड्सिल गाउँपालिकाका ४१ विद्यालयमा  विद्यालय अनुगमन तथा निर्देशन समितिले अनुगमन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष बिष्नादेबी बमको नेतृत्वमा पहिलो चरणमा  गाउँपालिका भित्र रहेका सम्पूर्ण विद्यालयको  शैक्षिक, भौतिक तथा सम्पूर्ण अवस्था बारे अनुगमन  गरिएको थियो ।
पहिलो चरणमा गरिएको अनुगमनको समीक्षा सम्पन्न भएपछि तह घटाउने तथा विद्यालय मर्ज गर्ने विद्यालयहरूमा दोस्रो चरणको अनुगमन गरिएको छ ।  विद्यालय अनुगमन तथा निर्देशन समितिले वडा नं.  ४ मा रहेको मसानी आधारभूत विद्यालय बल्लेकाँडा, वडा नं. ३ मा रहेको कोटिला आधारभूत विद्यालय कोटेलीको तह घटाउने र वडा नं. ६ मा रहेको सउँडी आधारभूत विद्यालयलाई मर्ज गर्ने प्रस्ताव गाउँ कार्यपालिकामा पेस गर्ने तयारी गरेको छ ।
विद्यालयले गरेको अनुगमनमा शिक्षक आवश्यकता रहेका विद्यालयमा ‘स्वयंसेवक शिक्षक’ भर्ना गर्ने गाउँपालिकाले तयारी रहेको विद्यालय अनुगमन तथा निर्देशन समितिका संयोजक तथा उपाध्यक्ष बिष्नादेबी बमले बताइन् । बमले भनिन् ‘हामीले शिक्षाका क्षेत्रमा व्यापक सुधार नगरी हुन्न  गत वर्ष एसइई मा हाम्रा विद्यार्थीको परीक्षाफल चिन्ताजनक  आएपछि हामी सोच्न बाध्य भएका छौँ त्यसैले हाम्रो पहिलो प्राथमिकता राखेर काम गछौँ ।’
Sayalb
नयाँ शैक्षिक सत्र भन्दा पहिला नै विद्यालय समायोजन तथा तह घटाउने निर्णय हुने गाउँ शिक्षा  शाखा प्रमुख चेतराज बिनाडीले बताए  । बिनाडीले भने ‘उपाध्यक्ष ज्यूको नेतृत्वमा रहेको विद्यालय अनुगमन तथा निर्देशन समितिले प्रस्ताव तयार पारिरहेको छ, अब कार्यपालिकामा निर्णय हुने अन्तिम तयारीमा छ ।’
विद्यालय अनुगमन तथा निर्देशन समितिमा उपाध्यक्ष संयोजक, सदस्यहरूमा सामाजिक विकास सभापति भरत बम, सम्बन्धित वडा अध्यक्ष कार्यपालिका सदस्य ममता रावल, वीर बहादुर ताम्राकार, गाउँ शिक्षा समितिका प्रतिनिधि टेकबहादुर बिक, शिक्षक महासङ्घ प्रतिनिधि तारा प्रसाद जोशी र गाउँ शिक्षा शाखा प्रमुख चेतराज बिनाडी सदस्य रहनु भएको थियो ।
विद्यालय अनुगमन तथा निर्देशन समितिले सबै विद्यालयमा पुगेर विद्यार्थी अभिभावक, शिक्षक विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ तथा सरोकार बालासँग अन्तरक्रिया गर्दै विद्यालयमा भएका सम्भावना र चुनौती बारे छलफल गरेको थियो ।
Shaileshwori
Loading...