डोटीमा पहिलो पटक कपडा बैङ्क स्थापना

रामहरि ओझा 

bhukampa

डोटीको शिखर नगरपालिकामा कपडा बैङ्क स्थापना भएको छ । ‘भएको दिएर जाउँ, चाहिएको लगेर जाउँ’ भन्ने नाराका साथ करीव एक महिनाअघि शिखर नगरपालिका-२ कालागाडमा स्थापना भएको उक्त कपडा बैङ्कको शनिबार नगर प्रमुख दिर्घबहादुर बलायरले एक कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा नगर प्रमुख बलायरले आफ्नो शरीरमा फिट नआएका वा फेसन सकिएर लाउन नचाहेका कपडाहरु कपडा बैङ्कमा जम्मा गर्न आग्रह गर्दै यसबाट जीउ ढाक्न समस्या भएका व्यक्तिहरुलाई राहात पुग्ने बताए । उनले भने ‘कसैलाइ पुराना कपडा कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ, कसैलाई लुगा कसरी किन्ने भन्ने समस्या छ, यो बैङ्कले दुबै समस्याको समाधान गर्नेछ ।’ लुगाका साथसाथै जुत्ता-चप्पल, खाद्यान्न पनि सहयोग गर्न सकिने नगर प्रमुख बलायर बताउँछन् ।

एक महिनाको यो अवधीमा १२ जनाले बैङ्कमा कपडा जम्मा गरेको र बैङ्कबाट ३२ जनाले कपडा लगेको नगर उपप्रमुख सुनिता रावलले जानकारी दिइन् । उनले कपडा दिने र लैजाने दुबैको अभिलेख ब्यवस्थित रुपमा राख्ने गरेको बताइन् । बैङ्कलाई लुगा सहयोग गर्न चाहने व्यक्तिले नयाँ लुगा पनि दिन सक्ने उपप्रमुख रावलको भनाई छ । डोटीमा कपडा बैङ्क स्थापना भएको यो पहिलो हो ।

Shaileshwori
Loading...