डोटीमा माटो खन्ने क्रममा एक महिला च्याप्पिइन्, उद्धार कार्य जारी 

शिखर नगरपालिका –९ जिजौडामाण्डौमा माटो खन्ने क्रममा एक जना महिला पुरिएकी छन् ।  जिजौडामाण्डौंको छोयाकी २१ वर्षकी निर्मला रोस्यारा माटो खन्दा खन्दै बनेको सुरुङ भित्र च्यापिएको अवस्थामा रहेकी छन् ।
शनिवार दिउँसो करिब साढे तिन बजे तिर रातो माटो खन्ने क्रममा च्यापिएकी हुन । उनीसँगै माटो खन्ने तिन जना महिला सकुशल बाहिर निस्कन सफल भएका छन् भने उनको अहिलेसम्म उद्धार हुन सकेको छैन ।
bhukampa
उद्धारका लागी स्थानीयको टिम लागेको स्थानीय देवीदत्त भट्टले जानकारी दिए । प्रहरीको टोली अहिले घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाले बताए ।
Shaileshwori
Loading...