सुदूरपश्चिमबाट एसईईमा ५५ हजार परीक्षार्थी सहभागी हुने

bhukampa

चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिमबाट ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका छन् । जसमध्ये २७ हजार दुई सय ४४ छात्र र २७ हजार ७ सय ६६ छात्रा सहभागी हुनेछन्। यसपटक प्रदेशका नौवटै जिल्लामा गरि दुई सय ११ केन्द्र तोकिएको सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहराले बताए । एसईई परिक्षाका लागि केन्द्राध्यक्ष दुई सय ११, सहायक केन्द्राअध्यक्ष तीन सय ७४ तोकिएको उनले बताए ।
निरीक्षक दुई हजार ७ सय ४३ र सहायक कर्मचारी पाँच सय ५५ तोकिएको छ । एक परिक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार एक सय ६३ प्रहरी परिचालन हुने उनले बताए। साथै विद्यार्थी सहयोगी एक हजार ९५ गरेर कुल ८ हजार एक सय ४३ कर्मचारी परिचालित हुनेछन् ।
सबैभन्दा बढी कैलालीबाट १८ हजार ७ सय २० परिक्षार्थी एसईईमा सहभागि हुँदैछन्। कञ्चनपुरबाट १० हजार तीन सय ३५, बैतडीबाट पाँच हजार ८७, अछामबाट चार हजार ९ सय ५० विद्यार्थीले एसईई परिक्षा दिने भएका छन् । त्यस्तै बझाङबाट चार हजार तीन सय ८०, डोटीबाट तीन हजार दुई सय ९७, बाजुराबाट दुई हजार ९ सय ३४, दार्चुलाबाट दुई हजार ७ सय ५० र डडेल्धुराबाट दुई हजार पाँच सय ५७ विद्यार्थी परिक्षामा सहभागि हुँदैछन् ।
परिक्षा केन्द्र गत वर्षभन्दा यस वर्ष तीनवटा बढेका छन् । गत वर्ष परिक्षा केन्द्र दुई सय ८ थिए भने यस दुई सय ११ तोकिएको छ । यस वर्ष दुईवटा कञ्चनपुर र एउटा बझाङमा थप केन्द्र तोकिएको छ। परिक्षा पनि नयाँ पाठ्यक्रमअनुसार हुने निर्देशनालयका सूचना अधिकारी बोहराले बताए । उनका अनुसार पहिला ८ सय पूर्णाङ्कको हुन्थ्यो भने अहिले ७ सयको हुनेछ । प्राविधिक धारतर्फ पनि पहिला १० विषय हुन्थ्यो भने अहिले ९ विषय छन् ।

Shaileshwori
Loading...