अछाममा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु (विवरण सहित)

अछामको मेल्लेख गाउँपालिका ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ  ।  मृत्यु हुनेमा सबै मेल्लेख गाउँपालिका  वडा नं १ रिसीदहका रहेका छन् । रिसिदहका रंग धामी वर्ष ५५,  प्रेम धामी वर्ष ४५ नरव धामी वर्ष ३७, जनक धामी वर्ष १५  र जनक धामी वर्ष २१का रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
घाइते हुनेहरूमा सोही स्थानका घाइते लालबहादुर धामी वर्ष ४२ र हंस धामी वर्ष ४० रहेको छन् ।
Sayalb
षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको मेल्लेख गाउँपालिका वडा नंं. ६ का अध्यक्ष तिलख कठायतले जानकारी दिए ।   घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...