डोटीमा एसइई परीक्षामा तिन हजार विद्यार्थी सहभागी हुने सबै तयारी पुरा

डोटी जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित तर्फ तीन हजार दुई सय ७० र ग्रेडबृद्दि तर्फ ५८ गरी जम्मा तीन हजार तीन सय २८ विद्यार्थीहरू सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले जानकारी दिएको छ ।
डोटी जिल्लामा १२ वटा परीक्षा केन्द्रमा  चार सय ८५ जना कर्मचारी परिचालित हुने बताइएको शिक्षा तथा समन्वय इकाइ प्रमुख रामदत्त भट्टले बताए । भट्टले भने ‘ जसमा केन्द्रध्यक्ष १२ जना, सहायक केन्द्राध्यक्ष २३, निरीक्षक एक सय ६७, सुरक्षाकर्मी एक सय ८०, सहायक कर्मचारी ३५, सहयोगी ६८ जना छन् ।’
डोटीमा सबै भन्दा बढी विद्यार्थी रहेको राधाकृष्ण माध्यमिक विद्यालय गोप घाट परीक्षा केन्द्रमा चार सय ९८ जना विद्यार्थी रहेका छन् । त्यसै गरी क्रमशः सरस्वती मावि साना गाउँ परीक्षा केन्द्रमा तीन सय ४४ जना, पद्म पब्लिक मुक्तिनारायण मावि सिलगढी परीक्षा केन्द्रमा तीन सय ४१ जना, दिल्पेश्वर मावि दिपायल परीक्षा केन्द्रमा तीन सय ६९ जना, सुजङ्ग बोर्डिङ स्कुल राजपुर परीक्षा केन्द्रमा तीन सय ७३ जना, ओम आधारभूत विद्यालय सायल परीक्षा केन्द्रमा दुई सय २७ जना रहेका छन् ।
Sayalb
त्यस्तै शारदा मावि मौवा परीक्षा केन्द्रमा दुई सय ९४ जना, झिमेमालीका मावि वायल परीक्षा केन्द्रमा दुई सय ३३ जना, खत्याडी मावि खत्याडी परीक्षा केन्द्रमा एक सय ४५ जना, रामपुर मावि बुडर परीक्षा केन्द्रमा एक सय ७२ जना, दुर्गा मावि लमौते परीक्षा केन्द्रमा एक सय २२ जना र बर्छैन मावि बर्छैन परीक्षा केन्द्रमा दुई सय १० जना विद्यार्थीहरू रहेका शिक्षा विकास तथा समन्वय इकाई डोटीले जनाएको छ ।
परिक्षार्थीहरुलाई भयरहित वातावरणमा निर्धक्क र शान्तिपूर्ण वातावरणमा परीक्षामा सहभागी हुन शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख भट्टले आग्रह गर्नुभएको छ । परिक्षार्थीहरुलाई परीक्षा दिन जाँदा साथमा मोबाइल, डिजिटल क्यालकुलेटर नलगिदिन समेत भट्टले आग्रह गर्नु भएको छ । यदि त्यस्तो पाइएमा कानुन बमोजिम कारबाही हुने समेत उहाँले बताउनु भयो । परीक्षा बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।
Shaileshwori
Loading...