कमल शाह नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा नागरिक उन्मुक्तिले समर्थन फिर्ता 

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको बैठकले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

सो पार्टीले सबै तहका सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय समेत गरेको छ । बैठकमा संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको सहभागिता थियो ।

Sayalb

आजको निर्णयसँगै नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराले बताए ।

बुधबारको बैठकमा सुदूरपश्चिम प्रदेश सभाका सात जना प्रदेश सभा सदस्यहरुमध्ये विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरी र पूर्वराज्यमन्त्री कैलाशी चौधरीको मात्रै सहभागिता रहेको थियो । संस्थापक रेशम चौधरी भने जापान गएका छन् ।

Shaileshwori
Loading...