चैत २२, धनगढी ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत लिन लागेका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाबाट बैठकमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाह जुटेका छन् । गरिरहनू भएको नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो । तत्कालीन सहयात्री दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफ्नो पक्षमा बहुमत जुटाउन शाह विश्वासको मत लिन लागेका हुन् ।
गत फागुन अन्तिम साता नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टीले समर्थन फिर्ता लिएका थिए । अल्पमतमा रहनू भएका मुख्यमन्त्री शाह विश्वासको मत अगाडि आफ्नो पक्षमा मत दिनका लागि अन्तिम कसरत गरिरहेका छन् । उनले राप्रपालाई मनाइ रहेको बुझिएको छ । यद्यपि, सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन देखा परेकाले उनले उन्मुक्तिकै केही सदस्यबाट मत पाउन नसक्ने सम्भावना पनि देखिएको छ ।