

चैत २३, बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति से २ त ३६७८ नम्बरको ट्याक्टर पाटन नगरपालिका–८ झौलेकमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसीका अनुसार ट्याक्टर चालक र ट्याक्टरमा सवार कञ्चनपुर निवासी ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । ट्याक्टर चालकको भने परिचय खुल्न बाँकी बताइएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको ट्याक्टर दुर्घटना भई सडकबाट दुई सय मिटर तल खसेको छ ।
