रेडक्रस डोटी शाखाद्धारा वाल्टिन र साबुन वितरण

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी डोटी जिल्ला शाखा मार्फत संचालन भइरहेको पश्चिम विपद पूर्वतयारी परियोजना अन्तर्गत पूर्वीचौकी गाउँपालिका वडा नं १ अन्तर्गतका २ ओटा र वडा नं ४ अन्तर्गतका ४ ओटा गरी जम्मा ६ ओटा सामुदायिक विपद तथा जलवायू उत्थानशिल समितिलाई आज एक कार्यक्रमका बिच बाल्टिन र सावुन हस्तान्तरण गरिएको छ ।

पुर्वीचौकी गाउँपालिका वडा न. १ खिरसैनका वडा अध्यक्षलाई समाग्री हस्तान्तरण गरिदै
परियोजना संचालित समुदायस्तरका प्रत्येक घरधुरीस्तरमा हातधुनका लागि २० लिटरको बाल्टिन १ थान र डिटोल सावुन ४ थान वितरण गर्नका लागि समितिलाई नमूनाको रुपमा बाल्टिन वितरण गरिएको हो । वितरण कार्यक्रम अन्तर्गत पुर्वीचौकी गाउँपालिका वडा नं १ को कार्यक्रम नेरेसो खिरसैन उपशाखाका सचिव श्री जीत खडकाको सभाध्यक्षता, पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष श्री दीर्घराज वोगटीको प्रमुख आतिथ्यता यसैगरी वडा नं ४ का वडा अध्यक्ष श्री नवराज खडकाको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्धेश्य माथि परियोजनाका फील्ड कोर्डीनेटर रविन ढकाले प्रकास पार्दै परियोजनाले स्थानीय तहहरुसंग निरन्तर समन्वय गर्दै हाल कोभिड–१९ को प्रतिकार्यका लागि स्थानीय तहहरुलाई हात धुनका लागि परियोजना तथा जिल्ला शाखावाट जिल्ला भित्र रहेका प्रत्येक पालिका र परियोजना संचालित वडा कार्यालय र केहि क्वारेन्टिनहरुमा २०० लिटरको ड्रम, मग साथै जनचेतना मुलक फ्लेक्स, साबुन लगायत त्रिपाल, कम्वल, भाडावर्तन, कपडा, स्टेचर उपलब्ध गराएको साथै परियोजनाले कोभिड–१९ को प्रतिकार्यका लागि अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी लगायत परियोजना क्षेत्रका वडा कार्यालयहरुलाई व्यक्तिगत सुरक्षा सामग्री अन्तर्गत मास्क, ग्लोब्स र स्यानीटाइजर हस्तान्तरण गरिसकेको छ ।

आगामी दिनमा परियोजना संचालित शिखर नगरपालिका तथा पूर्वीचौकी गाउँपालिकालाई पनि व्यक्तिगत सुरक्षा सामग्री वितरण गरिने र समुदायस्तरमा हातधुने वानीका विकासका लागि परियोजना क्षेत्र अन्तर्गतका घरधुरीहरुमा बाल्टिन र सावुन वितरण गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
