बोगटानको गगुडामा क्रिकेट प्रतियोगिता हुँदै 

चैत २६, डोटी
बोेगटान फुड्सिल गाउँपालिका–६ गगुडामा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । नयाँ वर्ष २०८१ को अवसरमा गगुडा युवा क्लबको आयोजना तथा बोगटान युवा सञ्जालको प्रायोजनमा गाउँपालिका स्तरीय टेबल बल क्रिकेट प्रतियोगिता हुन लागेको हो । मष्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुन लागेको प्रतियोगिताको यही चैत २६ गते उद्घाटन हुने क्लबका अध्यक्ष शङ्कर बहादुर बोगटीले जानकारी दिए ।
bhukampa
२४ र २५ गते दुई दिन टिम दर्ता मिति रहेको र दर्ता शुल्क रु एक हजार पाँच सय रहेको अध्यक्ष बोगटीले बताए । आइसिसीको नियम भित्र रहेर आयोजना हुन लागेको प्रतियोगिताको विजेताले नगद रु दश हजार, ट्रफी र मेडल पाउने छ । त्यस्तै उपविजेताले नगद रु छ हजार, ट्रफी र मेडले, उत्कृष्ट प्लेयरले रु एक हजार र मेडल, उत्कृष्ट ब्याट्सम्यानले रु पाँच सय र मेडल, उत्कृष्ट बलरले रु पाँच सय र मेडल तथा म्यान अफ द म्याचले रु दुई सय ५० पाउने छ । टिम दर्ता फोन बाट पनि गर्न सकिने बताइएको छ ।
Shaileshwori
Loading...