
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा समानुपातिक सदस्य इन्दिरा गिरीलाई सोमबार पदमुक्त गर्नुभएको छ ।

उन्मुक्तीका अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सभामुखले उहाँलाई पदमुक्त गरेको सूचना सार्वजनिक गर्नु भएको हो । सभामुख भण्डारीले राजनीतिक दलसम्वन्धी ऐन, २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न निर्देशन दिएको प्रदेशसभा सचिवालयका सचिव देवहादुर बोगटीद्वारा जारी सूचनामा जनाइएको छ ।
प्रदेश सभामा सात सदस्य रहेको उन्मुक्तीका अब ६ सदस्य रहेका छन् । उन्मुक्तीले गिरीको ठाउँमा अर्को नेताको नाम सिफारिस गरेको बताइएको छ ।
