कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

चैत २७, सुर्खेते ।  कर्णाली प्रदेशको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त भएका छन् । मङ्गलवार एमाले प्रदेश संसदीय दलका नेता कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् । कँडेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त मुख्यमन्त्री कँडेलको शपथ बुधवार हुने जनाइएको छ ।
bhukampa
कँडेललाई  नेकपा (एमाले) का सभामुख सहित १०, माओवादीका १३ र समाजवादीका एक सांसदको समर्थन छ । ४० सदस्यीय प्रदेशसभामा सरकार बनाउन २१ सांसद आवश्यक पर्दछन् । जसमा गठबन्धनको पक्षमा २४ जना सांसद छन् । कँडेलले मुख्यमन्त्रीमा भए पनि मन्त्रालय भागबन्डाको विषय भने टुङ्गिएको छैन ।
Shaileshwori
Loading...