जन्मदिनमा बोगटानका लेखापाल चन्दले गरे वृद्धाश्रमलाई सहयोग

बैशाख १, डोटी

Sayalb

बोगटान फुड्सिल गाउँपालिकामा लेखापालको रुपमा कार्यरत मीन बिक्रम चन्दले जन्म दिनको अवसरमा वृद्धाश्रमलाई सहयोग गरेका छन् । शनिवार परेको जन्मदिनको अवसरमा चन्दले सिलगढीमा रहेको पूज्य धर्मान्तक वृद्धाश्रमलाई पाँच हजार एक रुपैया आर्थिक सहयोग गरेका हुन् ।

जन्म उत्सव बनाएर फजुल खर्च गर्नु भन्दा सहारा विहिनलाई सहयोग गर्न उचित लागेपछि वृद्धाश्रमलाई थोरै भएपनि सहयोग गरेको चन्दले बताए । जन्म दिनमा फजुल खर्च गर्नुको साटो सहारा विहिनलाई सहयोग गर्न चन्दले अनुरोध समेत गरेका छन् । वृद्धाश्रमलाई सहयोग गरेका चन्दलाई जन्मदिनको शुभकामना दिदै वृद्धाश्रमका अध्यक्ष दिनेश बहादुर रोकायाले धन्यवाद दिएका छन् ।

Shaileshwori
Loading...