धनगढी पोष्टको प्रकाशन केही दिनका लागी बन्द

Sagan sahari bhawan nirman aayojana

कैलालीबाट प्रकाशन हुने धनगढी पोष्ट पत्रिकाको प्रकाशन केही दिनका लागी रोकिएको छ ।
धनगढी पोष्टका प्रधान सम्पादक कर्ण शाह र प्राबिधिक चन्द्र चौधरिलाइ कोरोना संक्रमण देखिएको पुष्टी भएपछी पत्रिकाको प्रकाशन बन्द भएको पत्रिकाका सम्पादक शाहले जानकारी दिएका छन ।
पत्रिकामा कार्यरत कर्मचारीमा संक्रमण देखिएपछी पत्रिका प्रकाशन बन्द गरिएको हो । संक्रमित कर्मचारी अहिले होम आईसोलेसनमा रहेका छन ।
धनगढी पोष्टका सम्पादक कर्ण शाहले आफ्नो फेसबुक मार्फत लेख्नु भएको स्टाटस जस्ताका त्यस्तै ‘म र धनगढी पोस्ट दैनिकका प्राबिधिक चन्द्र चौधरिलाइ कोरोना संक्रमण देखिएकोले धनगढी पोस्ट दैनिकको प्रकाशन केही समयको लागि रोकिएको छ । म र चन्द्र दुबै जनाको अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेका छौ । यस्तो बेलामा चिन्ता र चासो ब्यक्त गर्ने सबैप्रती हार्दिक आभार ब्यक्त गर्दछु ।’

Shaileshwori
Loading...