केएमसि अस्पतालले डोटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

वैशाख १२, डोटी
काठमाडौँ मेडिकल कलेजले डोटीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । मङ्गलवार काठमाडौँ मेडिकल कलेजले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम र कर्णाली प्रदेशका जनताको स्वास्थ्य सेवाको पहुँचलाई अझ सरलीकृत गर्ने उद्देश्यका साथ कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट वञ्चित जनतालाई सेवा पुर्‍याउने हेतुले स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा वैशाख १३ गते डोटी जिल्लाको दिपायलमा, वैशाख १५ गते बाजुराको पिलुचौरमा, वैशाख १७ गते हुम्लाको सर्केघाटमा, वैशाख १९ गते मुगुको गमगढीमा र वैशाख २१ गते कालिकोट र जुम्लालाई पायक पर्ने गरी कालिकोटको नाग्ममा बृहत् निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने गरिने उल्लेख गरिएको छ ।

Sayalb

उक्त निःशुल्क स्वास्थ्य शिविरमा सहभागी सर्वसाधारण जनतालाई शिविरमै उपचार हुन सक्ने अवस्थामा त्यहीँ उपचार प्रदान गरिनेछ । शिविरमा उपचार हुन नसक्ने र सुविधा सम्पन्न अस्पतालमा मात्र उपचार सम्भव हुने जस्तै मिर्गौला प्रत्यारोपण, मुटु, हाड जोर्नी, नशासम्बन्धी, प्रसूति तथा स्त्रीरोग जस्ता रोगका गम्भीर अवस्थाका बिरामीहरूलाई काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड, सिनामंगल काठमाडौँमा सामान्य देखि जटिल प्रकारका शल्यक्रिया लगायतका उपचार सेवा निःशुल्क रूपमा उपलब्ध गरिने बताइएको छ ।

उक्त निःशुल्क स्वास्थ्य शिविरलाई व्यवस्थित एवं प्रभावकारी तवरले सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्न सम्बन्धित सबैमा काठमाडौँ मेडिकल कलेज अनुरोध गरेको छ

Shaileshwori
Loading...