पूर्व शिक्षा मन्त्री पोखरेलको यूजिसीका अध्यक्षलाई फोन ‘ खप्तड  इन्जिनियरिङ कलेजमा तुरुन्तै पढाई गर्ने व्यवस्था गर्नु होस’ (भिडियो सहित)

पूर्व शिक्षा मन्त्री गिरिराजमणि पोखरेल खप्तड इन्जिनियरिङ कलेजमा अध्ययन अध्यापन गर्नका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका  छन् । खप्तड इन्जिनियरिङ कलेजले सिलगढीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले उक्त कुरा बताएका हुन ।

गिरिराजमणि पोखरेल शिक्षा मन्त्री रहँदा सात प्रदेशमा एक÷एक इन्जिनियरिङ कलेज खोल्ने  सम्बन्धन दिएका कारणले पनि आफ्नो यसमा विशेष लगाव भएको उनले बताए ।  हाललाई डोटी बहुमुखी क्याम्पसको भवनबाट कक्षा सञ्चालन गर्दै गर्ने अर्को तर्फ भौतिक संरचना निमार्णको कार्य  गर्न सकिने भएको भन्दै पोखरेलले तुरुन्तै कक्षा सञ्चालनका लागी पहल गर्ने बताए ।

भौतिक संरचनाको अवलोकन पछि पोखरेलले विश्व विद्यालय अनुदान आयोगका अध्यक्ष डा. देवराज अधिकारीलाई फोन गरेर भने ‘यहाँ म सबै जनप्रतिनिधि र डोटीका नागरिकको बिचमा छु  तपाईँले दरबन्दी स्वीकृत गरेर तुरुन्तै पढाई हुने सञ्चालन गर्ने वातावरण बनाउनु होस, मैले हेरेँ भौतिक संरचना राम्रो छ ।’

bhukampa

https://www.facebook.com/watch?v=1480975906149858

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशको दुई महिने रूपान्तरण अभियानका क्रममा सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका पोखरेल डोटी आएको बेला अन्तरक्रिया कार्यक्रममा सहभागी हुनु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा पूर्व मन्त्री बिना मगर, प्रदेश सभा सदस्य शिव सिंह ओली, जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण सिंह, दिपायल सिलगढी नगरपालिकाका प्रमुख विजय खड्का , बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गडसिला दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Shaileshwori
Loading...