बझाङ प्रदेशसभामा एमाले उम्मेदवार भण्डारी विजयी

Sayalb

बझाङ प्रदेशसभा १ को १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्। शनिबार भएको उपनिर्वाचनमा प्राप्त मत परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्। यो भनेको उनीहरूबीच २६६ मतको अन्तर हो।

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३८ सय ३१ मतसहित तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५ सय १४ मत पाएका छन्।

Shaileshwori
Loading...