वैशाख २९, डोटी
डोटीमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् । जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर ४ बाजीलेककी पार्वती देवी बोहरा शनिवार बिहान घाइते भएकी हुन् । बिहान साढे सात बजेको समयमा चट्याङको झिल्को आएर लाग्दा बोहरा घाइते भएको वडा अध्यक्ष नन्दराज भट्टले जानकारी दिए । साथै बोहराको एक ओटा बाख्रा मरेको वडा अध्यक्ष भट्टले बताए । बोहराको अहिले सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।