उप प्रधानमन्त्री उपेन्द्रले बुझाए राजीनामा, आजै समर्थन फिर्ता लिने

काठमाडौं : उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन्। यादवले आज पदबाट राजीनामा दिएका हुन्।

उनको राजीनामा पत्र प्रधानमन्त्री कार्यालयमा यादवका स्वकीय सचिव महेश चौरसियाले पुर्‍याएर फर्किएको जानकारी थाहा सन्चार नेटवर्कलाई बताए।

यस्तै, जसपा नेपालका वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री यादवलाई राजीनामा दिन निर्देशन दिएका थिए।

Sayalb

मधेश प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले जसपा नेपाल नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिइसकेको छ। जसपा नेपालमा विभाजन आएपछि हिजो बसेको कार्यकारिणी समितिको बैठकबाट सरकारबाट बाहिरिने औपचारिक निर्णय गरेको थियो।

अहिले केहिबेरमा केन्द्रीय समिति बैठक पनि बस्दै छ। ललितपुरको ज्यापु प्रज्ञा भवन च्यासलमा बस्ने बैठकमा सरकारबाट बाहिरिएको र समर्थन फिर्ताको औपचारिक निर्णय हुनेछ।

आजको बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा पनि छलफल हुने जसपा नेपालले जनाएको छ

Shaileshwori
Loading...