![](https://muluknews.com/wp-content/uploads/2023/06/swasthy-doti.jpg.webp)
एकेन्द्र चन्द
जेठ २, डोटी
बोगटान फुड्सिल गाउँपालिकामा शिक्षाको गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम गरिन थालेका छन् । विद्यालयको शिक्षाको गुणस्तरको सुधारका लागि जनप्रतिनिधि, शिक्षक, विद्यार्थी र अभिभावका बिच विद्यालयमै अन्तरक्रिया गरिन थालिएको छ । सोही क्रममा वडा नम्बर २ चाल्समा रहेको केदारअखडा माद्यामिक विद्यालयको गुणस्तर सुधार गर्न बुधवार अन्तरक्रिया गरिएका वडा अध्यक्ष भरत बमले जानकारी दिए ।
![Sayalb](https://muluknews.com/wp-content/uploads/2024/05/sayalb.jpeg)
त्यस्तै कार्यक्रममा केदारअखडा माद्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल बहादुर बमले विद्यालयलाई रु एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् । उनले आफ्नो स्वर्गीय बुवा भीम बहादुर बमको सम्झनामा विद्यालयलाई आर्थिक सहयोग गरेको बताएका छन् । उनले शिक्षक, विद्यार्थी र अभिभावक सबैको सहयोगमा शिक्षाको गुणस्तर सुधार गर्न सकिने पनि बताए ।
सबैले आ–आफ्नो तर्फ बाट जिम्मेवारी पूर्वक काम गरेमा शिक्षकको गुणस्तरमा सुधार ल्याउन सकिने केदारअखडा माद्यमिक विद्यालयका प्रधानाध्यापक गुमान सीँ बोहराले बताए ।
![Shaileshwori](https://muluknews.com/wp-content/uploads/2022/09/saileshwori.gif)