

जेठ २, काठमाडौँ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । आज आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर समान पाँच रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
भारतबाट मूल्य घटेर आएकाले निगमको सञ्चालन समितिले मूल्य घटाउने निर्णय गरेको हो । अब पहिलो वर्ग (चारआलि, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६८ दशमलव ५० रुपैयाँ पर्नेछ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५१ दशमलव ५० रुपैयाँ पर्नेछ ।
त्यस्तै दोस्रो वर्ग (सुर्खेत र दाङ) मा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५३ रुपैयाँ पर्ने छ भने तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल ) मा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५४ रुपैयाँ पर्ने छ ।

