प्रतिनिधिसभाको बैठक स्थगित

जेठ ४, काठमाडौं ।
प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने गरी बोलाएको बैठक बस्दै नबसी स्थगित भएको हो छ । अब अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
Sayalb
हिजो बसेको बैठकमा काँग्रेस र एमालेका सांसदहरूबिच धकेलाधकेल भएपछि आज ११ बजेका लागि बैठक बोलाइएको थियो । तर, दलहरूबिच कुरा नमिल्दा आज पनि बैठक बस्न सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास जनाएको बताइएको छ ।
Shaileshwori
Loading...