तनहुँमा पौडी खेल्ने क्रममा दुई युवकको मृत्यु

Sayalb
जेठ ५, तनहुँ । 
तनहुँमा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई युवकको मृत्यु भएको छ । बन्दीपुर गाउँपालिका–२ बट्टार, धनुटार स्थित सोलेरहमा डुबेर बन्दीपुर गाउँपालिका–६ बाघेका २० वर्षका विनोद गुरुङ र बन्दीपुर–६ का वर्ष २० का हिरा गुरुङको मृत्यु भएको हो ।
उनीहरूको शनिवार दिउँसो  पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक मोहनबहादुर खड्काले जानकारी दिए ।
 गर्मी भएर पौडी खेल्न गएका उनीहरू डुबेपछि स्थानीयले उद्धार गरी बन्दीपुर अस्पतालमा लगेका थिए । अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत्यु भएको घोषणा गरेको हुन् ।
Shaileshwori
Loading...