जेठ ६, कैलाली ।
कैलालीमा हिरासतमा रहेका एक युवकको मृत्यु भएको छ । ३५ वर्षीय धनगढी गाउँका बुद्धीराम चौधरीको मृत्यु प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेका चौधरीको सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक चौधरी भन्सार छलीका सामानसहित ३ गते पक्राउ परेका थिए । चौधरीको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्र बोहराले बताए । उनी मदिरा धेरै सेवन गर्ने गरेको बुझिएको छ ।