चौथो पटक प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

प्रमुख प्रतिपक्षी दल काँग्रेसको नाराबाजी

Sayalb
जेठ ०७, काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्षी दल काँग्रेस सहितका प्रतिपक्षी दलको अवरोधका बिच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत प्राप्त गरेका हुन् ।
२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले संसद्मा विश्वासको मत लिएको यो चौथो पटक हो । सोमबारको संसद्मा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली  २०७९ नियम १५५ को उपनियम ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
विश्वासको मतको पक्षमा १५७ मत परेको छ । यस्तै विपक्षमा ० मत र मत दिन्न भन्ने अर्थात् तटस्थमा १ मत परेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको प्रस्तावमा १५८ जना सहभागी रहेका थिए । काँग्रेससहित विपक्षी सांसदहरू भने मतदान प्रक्रियामा सहभागी भएनन्, उनीहरू नाराबाजी गरिरहे ।
सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा)  नेपाल  विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु  परेको हो ।
Shaileshwori
Loading...