बडीकेदारमा टि–२० क्रिकेट प्रतियोगिता हुने 

एकेन्द्र चन्द
पुस ९, डोटी 
गणतन्त्र दिवसको अवसरमा डोटीको बोडीकेदार गाउँपालिकामा जेठ १४ गतेदेखि गाउँपालिका स्तरीय टि–२० पुरुष क्रिकेट प्रतियोगिता हुने भएको छ । केदार युवा खेलकुद क्लबको आयोजना र बडिकेदार गाउँपालिका शिक्षा शाखाको आर्थिक सहयोगमा  गाउँपालिकाको वडा नम्बर ५ मा रहेको युवावर्ष आधारभूत विद्यालय कुन्थलामा प्रतियोगिता आयोजना हुन लागेको केदार युवा खेलकुद क्लबका सचिव भरत चन्दले बताए ।
क्लबले जारी गरेको सूचनामा जेठ १३ गते साँझ ५ बजे सम्म टिम दर्ता गरिसक्नुपर्ने उल्लेख गरेको छ भने खेलहरू एलबिडब्लु बाहेक आइसिसीको नियममा खेलाइने बताइएको छ ।
पछिल्लो समय सीमित श्रोत र साधन बिच डोटीमा क्रिकेट प्रतियोगिता प्रति उत्साह बढिरहेको र गणतन्त्र दिवसको अवसरमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष चक्रबहादुर मल्लले बताए । खेलमा विजेता टिमले नगद पन्ध्र हजार सहित ट्रफी प्रमाणपत्र र मेडल प्राप्त गर्ने छ भने उपविजेता हुने टोलीले नगद ७ हजार ५ सय प्रमाणपत्र मेडल प्राप्त गर्ने छ भने सेमिफाइनल देखिका हरेक म्याचका उत्कृष्ट ब्याटर बलरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
Sayalb
Shaileshwori
Loading...