सिलगढी खानेपानीको गोदाम घरमा आगलागी

जेठ २६, डोटी । सिलगढी खानेपानीको गोदाम घरमा आगलागी भएको छ । दिपायल सिलगढी नगरपालिका–६ नाचनथली मोड दुई पिपल स्थित रहेको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिको गोदाम घरमा आगलागी भएको हो ।
राति करिब १२ बजेतिर लागेको आगो दिपायल सिलगढी नगरपालिकाको दमकलको सहयोगमा स्थानीय र प्रहरीले साढे ३ घण्टा नियन्त्रणमा लिएका हुन् । आगलागीबाट गोदाम घर र त्यहाँ स्टोर गरेर राखिएको प्लास्टिकको पाइप जलेर नष्ट भएको सिलगढी खानेपानी तथा उपभोक्ता सरसफाइ समितिका उपाध्यक्ष ओम प्रकाश सिंहले बताए ।
Sayalb
साथै कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई रातुली, पाकरी खानेपानी योजनामा कार्यरत प्रतीक निर्माण सेवाका प्राविधिक कृष्ण भट्टको सोही ठाउँमा पार्किङ गरेर राखिएको मोटरसाइकल जलेर नष्ट भएको छ । आगलागीबाट ठुलो क्षति भएको बताइए पनि यकिन विवरण सङ्कलन भइसकेको छैन । आगलागीको कारण पनि खुलेको छैन ।
जलेको मोटरसाइकल
Shaileshwori
Loading...