नमुना अभ्यासका क्रममा डुबेर बझाङमा एक सशस्त्र प्रहरी जवानको मृत्यु

जेठ २८, बझाङ  । बझाङमा कृत्रिम अभ्यास गर्ने क्रममा नदिमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सोमबार बिहान सेती नदीस्थित नेपाली सेनाको बिरभद्रजंग गुल्म नजिकै प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा डुबेर २९ वर्षीय नरेन्द्रसिंह धामीको मृत्यु भएको छ ।
Sayalb
केदारस्यु गाउँपालिका–७ स्थायी घर भई अनआश्रीत गुल्म बझाङमा कार्यरत सशस्त्र प्रहरी जवान धामी नमुना अभ्यासका क्रममा डुबेर बेहोस भएका थिए  । बेहोस भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए ।
सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा प्राकृतिक विपद्का बेला बाढीमा फसेका सर्वसाधारणको उद्धार सम्बन्धी नमुना अभ्यास गराइरहेको थियो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Shaileshwori
Loading...