कर्कटेश्वर माध्यमिक विद्यालय तीन तारे घोषणा

जेठ ३०, डोटी । कर्कटेश्वर माध्यमिक विद्यालयलाई तीन तारे घोषणा गरिएको छ । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ सिमचौरमा रहेको कर्कटेश्वर माध्यमिक विद्यालयलाई मङ्गलवार एक समारोहबिच तीन तारे घोषणा गरिएको हो । विद्यालयले आवश्यक १० मापदण्ड (सूचक) पूरा गरेपछि बोगटान फुड्सिल गाउँपालिका वास इकाई को आयोजनामा तीन तारे विद्यालय घोषणा गरिएको हो ।
बालमैत्री धारा, व्यवस्थित शौचालय, विद्यालय सरसफाइ, घेर बार, महिनावारी स्वच्छता, स्वच्छ वातावरण, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन र अनुगमन तथा जबाफदेहिता जस्ता सूचक पुरा गरेपछि विद्यालयलाई तीन तारे घोषणा गरिएको वास इकाई प्रमुख ज्ञान बहादुर मगरले बताए ।
तीन तारे विद्यालय घोषणासँगै विद्यालयलाई फिल्टर, बाल्टिन, मग लगायतका सरसफाइका सामग्री पनि हस्तान्तरण गरिएको छ ।
Sayalb
बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कमल बहादुर गड्सिलाले विद्यालय तीन तारे घोषणा भइसकेपछि यसको दिगोपनामा ध्यान दिनुपर्ने बताए । विद्यालयलाई अझै व्यवस्थित बनाउँदै थप भौतिक तथा शैक्षिक विकासमा जोड दिनुपर्ने अध्यक्ष गड्सिलाले बताए ।  उनले गाउँपालिकाबाट हुने सहयोग गर्न आफू सधैँ तयार रहेको बताएका छन् ।
तीन तारे विद्यालय हाम्रो शान, विद्यार्थी शिक्षक र अभिभावक सबैको स्वाभिमान भन्ने नाराका साथ सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिला रहेका थिए भने सभाध्यक्ष विद्यालय व्यवस्थापन समिति तथा वडा नम्बर १ का अध्यक्ष खेम बहादुर घर्तिमगर रहेका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्ना देवी बम, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...