जनप्रतिनिधि र कर्मचारीका लागि तीन दिने कम्प्युटर तालिम

असार ५, डोटी । बोगटान फुड्सिल गाउँपालिकामा तीन दिने कम्प्युटर सम्बन्धी तालिम सम्पन्न भएको छ । जनप्रतिनिधि र कर्मचारीहरूका लागि गाउँपालिकाले सोमवार आयोजना गरेको तालिम बुधवार सम्पन्न भएको हो ।
Sayalb
जनप्रतिनिधि तथा कर्मचारीहरूमा कम्प्युटरसम्बन्धी सिप अभिवृद्धि गर्नका लागि तालिमको आयोजना गरिएको गाउँपालिकाका सूचना अधिकारी विराट विष्टले जानकारी दिए । तालिमका धनगढीबाट दुई जना प्रशिक्षक ल्याइएको थियो । जनप्रतिनिधि, सामुदायिक स्वास्थ्य इकाई तथा स्वास्थ्य चौकीहरूका इन्चार्ज लगायतका ३५ जनाको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...