कञ्चनपुरमा डुबेर दुई बालिकाको मृत्यु, एक बेपत्ता

Sayalb
असार २४, कञ्चनपुर । कञ्चनपुरमा लगातारको वर्षा पछि आएको बाढी डुबेर दुई बालिकाको मृत्यु भएको छ । भने एक बालिका बेपत्ता भएकी छिन् । बाढीमा डुबेर जिल्लाको पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको मृत्यु भएको छ ।
उनीहरूको सोमबार दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । उनीहरूसँगै डुबेकी  १६ वर्षीया आरती बोगटी बेपत्ता छिन् । उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ ।
चारै जना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेको प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकांश क्षेत्र डुबानमा परेको छ ।
Shaileshwori
Loading...