त्रिशूली नदीमा दुई वटा बस खस्दा ६५ जना यात्रु बेपत्ता, बेपत्ताको खोजी कार्य सुरु

असार २८, चितवन।  पहिरोमा परी त्रिशुली नदीमा खसेर दुईवटा बस वेपत्ता भएका छन् । बसमा सवार ६५ जना यात्रु समेत वेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा  भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।

Sayalb

बीरगन्जबाट आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।

दुर्घटना स्थलमा सशस्त्र र प्रहरी नेपाली सेनाको  गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ ।  साथै अहिले मुग्लिन नारायणगढ सडक अबरुद्ध रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।

Shaileshwori
Loading...