एसइई मा राम्रो नतिजा ल्याएका नेत्रलाई वडाबाट ल्यापटप सहयोग

असार २८, डोटी । बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सातफरीले एक जना विद्यार्थीलाई ल्यापटप सहयोग गरेको छ । विद्यार्थीसँग वडा अध्यक्ष कार्यक्रम अन्तरगत कक्षा १० एसइई मा राम्रो नतिजा ल्याएका विद्यार्थीलाई ल्यापटप दिइएको हो ।
जोराघाट माध्यमिक विद्यालय बाट एसइई मा सहभागी भई ३ दशमलव २७ जिपिए ल्याएका नेत्र कामीलाई ल्यापटप दिएको वडा अध्यक्ष दीप बहादुर बमले जानकारी दिए । उनलाई प्रोत्साहन स्वरूप सम्मान सहित ल्यापटप दिइएको वडा अध्यक्ष बमले बताए ।
Sayalb
Shaileshwori
Loading...