

मुलुकको बहुभाषिक नीति अनुरुप सबै भाषाहरूको संरक्षण एवं संवर्द्धनमा सघाउ पुर्याउने उद्देश्यका साथ रेडियो नेपालले राजवंशी र बैतडेली भाषामा समाचार प्रसारण शुरु गरेकाे छ ।
रेडियो नेपालले तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगरबाट दिउँसो १ः४५ बजे राजवंशी र सुदूरपश्चिममा प्रादेशिक प्रसारण कार्यालय दिपायलबाट दिउँसो ३ः१५ बजे बैतडेली भाषामा समाचार प्रसारण शुरु गरेकाे रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिए ।
राजवंशी र बैतडेली भाषाको समाचार प्रसारण थप भएसँगै रेडियो नेपालले प्रसारण गर्ने भाषिक समाचारको सङ्ख्या २४ पुगेको छ भने २३ भाषमा कार्यक्रम प्रसारण गर्दै आएको छ ।
