प्रेस सेन्टर नेपाल डोटीको ११ औँ साधारण सभा सम्पन्न

साउन ५ डोटी । प्रेस सेन्टर नेपाल डोटीको ११ औँ साधारण सभा सम्पन्न भएको छ  । शनिवार सिलगढीमा विभिन्न निर्णय गर्दै प्रेस सेन्टर नेपाल डोटीको साधार सभा सम्पन्न भएको हो । साधारण सभाबाट प्रेस सेन्टरले अक्षय कोष सञ्चालनमा ल्याउने निर्णय गरेको छ । जिल्लामा रहेर उत्कृष्ट काम गरिरहेका पत्रकारहरूलाई सम्मान गर्ने उद्देश्यका साथ अक्षय कोषको स्थापना गर्ने सहमति भएको प्रेस सेन्टर नेपाल डोटीका अध्यक्ष रोजेन्द्र जोशीले बताए ।
साधारण सभामा अक्षय कोष स्थापना गर्ने निर्णय गरिएता पनि आवश्यक प्रक्रिया गर्न बाँकी रहेको अध्यक्ष जोशीले बताए । साथै प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीमा विभिन्न कारणले रिक्त रहेका दुई उपसचिव पदमा कृष्ण चन्द र मनमोहन ठकुल्लालाई मनोनीत गरिएको छ । सहसचिवमा मनोनीत भएका द्वय चन्द र ठकुल्लाले प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश कमिटी महासचिव कर्ण बहादुर चन्द समक्ष शपथ ग्रहण गरेका छन् । सेन्टरकी जिल्ला कमिटी सदस्य सिता महता रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायलमा बैतडेली समाचार बाचकमा नियुक्त भएकोमा र यस वर्ष वैवाहिक जीवनमा बाँधिएका जिल्ला कमिटी उपाध्यक्ष टेक बहादुर साउद र सहसचिव मनमोहन ठकुल्लालाई बधाई ज्ञापन गरिएको छ ।
Sayalb
प्रेस सेन्टर नेपाल डोटीका अध्यक्ष रोजेन्द्र जोशीको अध्यक्षतामा सुरु भएको साधारण सभा कार्यक्रममा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य भरत बोहरा प्रमुख अतिथि र प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेश कमिटी महासचिव कर्ण बहादुर चन्द विशिष्ट अतिथि रहेका थिए ।
Shaileshwori
Loading...