पृतनापति ट्रफी खेलकुद प्रतियोगिता सुरु

सुबास नेपाली 
Sayalb
साउन ६, डोटी । सुदूरपश्चिम पृतना हेडक्वाटरको आयोजनामा पृतनापति ट्रफी खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबारबाट सुरु भएको प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, बक्सिङ, स्विमिङ, तेक्वान्दो, एथलेटिक्सका खेलहरू रहेका छन् । प्रतियोगितामा सुदूरपश्चिम पृतनाअन्तर्गतका पाँच ओटा गण र पाँच ओटा गुल्मका ९३ महिला र चार सय आठ पुरुष गरी पाँच सय एक जना खेलाडीहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै उपरथी पृतनापति गणेश कुमार श्रेष्ठले खेलकुदको माध्यमद्वारा सैनिकहरूमा अनुशासन कायम राख्न, सामूहिक भावना, भातृत्व, आपसी सहयोगको भावना विकास गर्न मद्दत पुग्ने बताए । उनले केन्द्रीय स्तरमा सञ्चालन हुने प्रधानसेनापति ट्रफीको पूर्व तयारी तथा छनौट चरणका रूपमा यस प्रतियोगिताको आयोजना गरिएको पनि बताए । प्रतियोगिता साउन १७ गते सम्म सञ्चालन हुने सुदूरपश्चिम पृतना हेडक्वाटरले जनाएको छ ।
Shaileshwori
Loading...