नेकपा डोटीले रोप्यो पाँच सय सुन्तला

डोटी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीले बडिकेदार गाउँपालिकामा पाँच सय ओटा सुन्तला रोपेको छ । सोमबार पार्टीलाई आत्मनिर्भर बनाउने भन्दै बडिकेदार गाउँपालिका वडा नम्बर ३ बिठारामा सुन्तला रोपिएको हो । नेकपाका जिल्ला सचिवालय सदस्य दीपेन्द्र सीले ७ रोपनी जग्गा उपलब्ध गराएपछि उक्त जमिनमा सुन्तला रोपिएको पार्टीका जिल्ला इन्चार्ज बिमल सीले जानकारी दिए ।

Sayalb

पार्टीलाई आत्मनिर्भर बनाउने अभियान अन्तर्गत देशैभरि उत्पादनका काम गरीरहेको नेकपाले डोटीमा सुन्तला रोपेको उनले बताए । तराईमा खाद्यान्न, पहाड र हिमाली क्षेत्रमा फलफूल तथा जडिबुटी रोपेर पार्टी र राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको उनले बताए ।

Shaileshwori
Loading...