
साउन ९, बैतडी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बुधवार बिहान १० बजे भीरबाट लडेर डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथको मृत्यु भएको छ ।
बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार अनिताको घरनजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका वेला लडेर मृत्यु भएको हो ।
घाँस काटिरहेका वेला लडेर करिब दुई सय मिटर तल खसेकी अनिताको घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।


