लिलादेवी गड्तौला बनिन् देशको पहिलो महिला मुख्यसचिव

साउन १०, काठमाडौँ । सरकारले मुख्य सचिवमा लिलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारको कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिव बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

Sayalb

सरकारको यो निर्णयसँगै देशले पहिलो महिला मुख्यसचिव पाएको छ । कर्मचारीको नेतृत्वमा एक महिनाका लागि सरकारले गड्तौलालाई नियुक्ति दिएको हो । नेपालको इतिहासमा उनी पहिलो पटक पूर्ण जिम्मेवारीसहितको पहिलो कामु मुख्यसचिव हुँदै मुख्यसचिव बनेकी छन् । तत्कालीन मुख्यसचिव डा.वैकुण्ठ अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि उनले उक्त जिम्मेवारी पाएकी थिइन् ।

अख्तियारले असार १० गते राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी अर्याललाई सरुवा गरेर गड्तौलालाई जिम्मेवारी दिएको थियो ।

Shaileshwori
Loading...