सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी शुक्रवार विश्वासको मत लिँदै

साउन १६, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रवार विश्वासको मत लिने भएका छन् । बुधवार मुख्यमन्त्री सोडारीले प्रदेश सभालाई पत्र पठाउँदै साउन १८ गते विश्वासको मत लिने जानकारी गराएका छन् ।
असार २० गते नेकपा एमालेले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारी संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।
Sayalb
सुदूरपश्चिम प्रदेश सभा सचिवालयले शुक्रवार ४ बजे मुख्यमन्त्रीको विश्वासको मतका लागि प्रदेश सभा सदस्यहरूलाई सूचना पनि पठाइसकेको छ । शुक्रवार ४ बजे विश्वासको मतका लागि संसद् बैठक बस्ने सूचना भइसकेको सभामुख भीम भण्डारीले बताए ।
सोडारी एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका थिए । तर केन्द्रमा नयाँ गठबन्धन बनेसँगै एमालेले असार २० गते उनलाई दिएको समर्थन फिर्ता लिएको थियो भने आफ्ना तीन जना मन्त्रीहरू पनि फिर्ता बोलाएको थियो ।
Shaileshwori
Loading...