अब धनगढीका स्थायी बासिन्दाले निःशुल्क रगत पाउने

Sayalb
साउन १६ धनगढी । धनगढी उपमहानगरपालिकाका स्थायी बासिन्दाले निःशुल्क रगत पाउने भएका छन् । रेडक्रस शाखा धनगढीसँग सम्झौता गर्दै नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
सम्झौताअनुसार उपमहानगरपालिकाभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन् । नगरवासीले प्रयोग गरेको रगतको मूल्य रेडक्रसलाई उपमहानगरपालिकाले तिर्ने सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले बताए ।
चालु आर्थिक वर्षका लागि उपमहानगर र रेडक्रस शाखाले निः शुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । नगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत तथा रगतजन्य पदार्थको सहज र निःशुल्क उपलब्धता गराउने नगरप्रमुख हमालले बताए । उपमहानगरपालिकाले रेडक्रस शाखा धनगढीलाई त्रैमासिकरुपमा रकम भुक्तानी गर्नेछ । बिरामीलाई रगत अभाव नहोस् भनेर उपमहानगरको विभिन्न स्थानमा रक्तदान शिविरसमेत सञ्चालन गरिने बताइएको छ ।
Shaileshwori
Loading...