
साउन १७, काठमाडौं । नेकपा (एमाले) ले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ । बुधवार बसेको सचिवालय बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो । महासचिव शङ्कर पोखरेलका अनुसार यसअघिका लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याल र सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टबाहेक इन्चार्जको जिम्मेवारी फेरिएको हो ।

कोशी प्रदेशमा शेरधन राई, मधेश प्रदेशमा लिलानाथ श्रेष्ठ, बागमती प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ र कर्णाली प्रदेशमा गोरखबहादुर बोगटी इन्चार्ज बनेका छन् । यसअघि कोशी प्रदेशमा रघुवीर महासेठ, मधेश प्रदेशमा योगेश भट्टराई, गण्डकी प्रदेशमा गुरु बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए ।
