नुवाकोटमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

साउन २३, नुवाकोट । एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधवार नुवाकोटको शिवपुरी ७ सूर्य चौरमा भएको हेलिकप्टर दुर्घटनामा क्याप्टेनसहित चार जना चिनियाँ नागरिकको मृत्यु भएको छ ।
काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको (९ एन एजेडी) हेलिकप्टर दुर्घटना भएको स्थानबाट जलेको अवस्थामा एक महिला र चार पुरुषको शव निकालिएको नुवाकोटका डिएसपी तिलक भारतीले जानकारी दिए । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।
Sayalb
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधवार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो । हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौरमा दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै उद्धारका लागि प्रभु हेलिकप्टर कम्पनीको (९ एन–एएनएल) हेलिकप्टर दुर्घटना स्थलमा पुगेको छ ।
Shaileshwori
Loading...