राजस्व सङ्कलनसम्बन्धी अध्यादेश सुदूरपश्चिम सभामा टेबुल

साउन २७, धनगढी । सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१ प्रदेश सभामा टेबुल भएको छ। प्रदेश प्रमुख नजिर मियाँले जारी गरेको अध्यादेश आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा टेबुल गरेका हुन् ।

Sayalb

मन्त्री थापाले आजबाट सुरु भएको पाँचौ अधिवेशनको पहिलो बैठकमा अध्यादेश टेबुल गरे। चालु आर्थिक वर्षमा राजस्व सङ्कलनका लागि अध्यादेशबाहेक अर्को विकल्प नरहेको कारण प्रदेश सरकारले यो अध्यादेश ल्याएको उनको भनाइ थियो । प्रदेश सभाको अर्को बैठक साउन २९ गते दिउँसो ३ बजे बोलाइएको छ।

Shaileshwori
Loading...