साउन २८, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधवार विश्वासको मत लिने भएका छन् । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाहले बुधवार विश्वासको मत लिने भन्दै संसद् बैठकका लागि सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका छन् ।
नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका शाह नेकपा एमालेको समर्थनमा दोस्रो पटक मुख्यमन्त्री बनेका हुन् । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार उनी विश्वासको मत लिन लागेका हुन् ।
बुधवार दिउसो ३ बजेका लागि संसद् बैठक आह्वान गरिएको सभामुख भण्डारीले बताए ।