गीतादेवी बनिन् माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक

Sayalb
साउन २९, धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले  गीतादेवी माललाई प्रमुख सचेतकमा चयन गरेको छ । यसअघि प्रमुख सचेतक रहेका मान बहादुर धामी संसदीय दलको नेता भएपछि खालि रहेको प्रमुख सचेतकमा माललाई चयन गरिएको हो ।
माओवादी केन्द्रको संसदीय दल उपनेता अक्कलबहादुर रावलका अनुसार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो । सुदूरपश्चिम प्रदेश सभाको प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ ।
Shaileshwori
Loading...